बार्सिलोनाले स्पेनका विंगर एडामा ट्राओरेलाई आफ्नो टोलीमा भित्र्याउने तयारी थालेको छ।
बीबीसीका अनुसार बार्सिलोनाले यसको लागि वार्ता पनि सुरु गरेको छ। ट्राओरेले आफ्नो करियर बार्सिलोनामा नै सुरु गरेका थिए।
बार्सिलोनाले सुरुमा ट्राओरेलाई लोनमा ल्याउने र पछि पूर्णरुपमा टोलीमा सामेल गर्ने तयारी गरेको हो।
यसअघि टोटनह्यामले पनि उनलाई आफ्नो टोलीमा सामेल गर्न चाहेको थियो। यद्यपि उक्त प्रस्ताव वुल्भ्सले अस्वीकार गरेको थियो।
45
Shares
प्रतिक्रिया