ad ad

खेल


क्यानले २०२२ का लागि गर्‍यो खेलाडीको वर्गीकरण, को खेलाडी कुन श्रेणीमा?

क्यानले २०२२ का लागि गर्‍यो खेलाडीको वर्गीकरण, को खेलाडी कुन श्रेणीमा?

नेपालखबर
माघ १३, २०७८ बिहिबार २१:२०, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२२ को नयाँ केन्द्रीय सम्झौताका लागि खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। 

रुपन्देहीमा बिहीबार बसेको क्यानको बोर्ड बैठकले महिला र पुरुष दुवै तर्फका १८÷१८ जना खेलाडीलाई वर्गीकरणमा राखेको हो। 

वर्गीकरण अनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन्।

यस्तै, ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहोरा र विनोद भण्डारी रहेका छन्। 

यस्तै ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन्।

महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन्। 

यस्तै ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे रहेका छन्।  

यसैगरी समूह ‘सी’ मा डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल रहेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .