ad ad

खेल


आहा रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपीएफ भिड्ने

आहा रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपीएफ भिड्ने

नेपालखबर
माघ १३, २०७८ बिहिबार १८:४४, काठमाडौँ

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन्। 

बिहीबार पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई टाईब्रेकरमा पराजित गर्दै मनाङले एपीएफसँगको भेट पक्का गरेको हो। 

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पनि दुवै टोलीले गोल गर्न नसकेपछी खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो। 

टाईब्रेकरमा मनाङले आर्मीलाई ४–३ ले पराजित गर्दै उपाधि नजिक पुगेकोे हो।  

आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, विवेक बस्नेतले गोल रगे। दिपक गुरुङको प्रहार बारमा लागेर फर्किदाँ युद्ध शाहीको प्रहार किपरले पन्च गर्दै बचाए। 

मनाङका एन्डेलाजा सोमिडे, शिव गुरुङ, रुपेश केसी, अफिज ओलावाले पेनाल्टीमा गोल गरे। मनाङका विश्व अधिकारीको प्रहार पोष्टमा लागेर फर्किदाँ गोल गर्न चुके। 

खेलको आठौँ मिनेटमा एन्डेलाजा सोमिडेको क्रस आर्मीका युद्ध शाहीले ह्याण्ड भएपछी मनाङले पेनाल्टी पाएको थियो। 

नवौँ मिनेटमा आर्मीविरुद्ध अग्रता बनाउने मौका पाएको मनाङका कप्तान विमल रानाको पेनाल्टी पोष्ट माथिबाट बाहिरिदा अग्रता बनाउन बाट चुक्न पुग्यो। 

३० औँ मिनेटमा आर्मीक जर्जप्रिन्स कार्कीको फ्रिकीक प्रहार पोष्ट माथिबाट आकासियो। ३९ औँ मिनेटमा मनाङका सोमिडेको हेडर पाष्ट माथिबाट जाँदा अग्रता बनाउने मौका गुमाउन पुग्यो। 

पहिलो हाफमा गोल गर्ने सुन्दर मौका पाएपनि दुवै टोलीले अग्रता भने सकेनन्। 

५२ औँ मिनेटमा मनाङका राजेश परियारको फ्रिकीकमा ओलावालेको प्रहार गोलरक्षक विकेश कुथुले बचाए। 

६६ औँ मिनेटमा मनाङका बिमल रानाको प्रहारलाई रोक्न आर्मीका गोलरक्षक विकेश अगाडी बडेको अवस्थामा सोमिडेले ढिला प्रहार गर्दा किपरले बचाए। 

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै नेपाल एपीएफ फुटबल क्लब १४ वर्षपछि आहाराराको उपाधि नजिक पुगेको हो। 

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .