खेल


आहा रारा गोल्डकप: दोस्रो सेमिफाइनलमा आज आर्मी र मनाङ भिड्दै

आहा रारा गोल्डकप: दोस्रो सेमिफाइनलमा आज आर्मी र मनाङ भिड्दै

नेपालखबर
माघ १३ , काठमाडौँ

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन्। 

पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। 

आजको खेलको विजेताले उपाधिका लागि शनिबार नेपाल एपीएफ फुटबल क्लबसँग खेल्नेछ। 

आहा रारामा मनाङ सर्वाधिक सफल क्लब हो। पोखरालाई घरेलु मैदान मानेको मनाङ आर्मीलाई पराजित गर्दै उपाधि नजिक पुग्ने योजनामा हुनेछ। 

उता आहा रारामा अभागी क्लब बनिरहेको आर्मी मनाङलाई हराउँदै उपाधि नजिक पुग्ने योजनामा हुनेछ। 

आर्मीले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। मनाङले भने नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुगेको हो। 

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफ १४ वर्षपछि उपाधि नजिक पुगेको छ। 

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

माघ १३, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad