वेस्ट इन्डिजले इंगल्याण्डविरुद्धको तेस्रो टी–२० खेलमा २० रनको जित हात पारेको छ।
बुधबार राति भएको खेलमा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२४ रन बनाएको थियो।
वेस्ट इन्डिजका रोभमन पावेलले ५३ बल खेल्दै ४ चौका र १० छक्काको सहयोगमा १०७ रनको महत्वपूर्ण पाली खेले। त्यस्तै निकोलास पूरनले ७० रन बनाए।
२२५ रनको विशाल लक्ष्य पछ्याएको इंगल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सक्यो।
इंगल्याण्डका लागि टोम बान्टोनले ७३ तथा फिल साल्टले ५७ रन बनाए। यद्यपि यो जितका लागि भने पर्याप्त रहन सकेन।
वेस्ट इन्डिजका रोमरियो शेफर्डले ३ तथा काइरन पोलार्डले २ विकेट लिए। यससँगै घरेलु टोली वेस्ट इन्डिजले टी–२० सिरिजमा २–१ को अग्रता लिएको छ।
57
Shares
प्रतिक्रिया