ad ad

खेल


शीतकालीन ओलम्पिक २०२२ः कोरोना परीक्षणको नियममा छूट दिँदै चीन

शीतकालीन ओलम्पिक २०२२ः कोरोना परीक्षणको नियममा छूट दिँदै चीन

नेपालखबर
माघ १३, २०७८ बिहिबार ६:३२, काठमाडौँ

चीनले फेब्रुअरीमा हुन गइरहेको बेइजिङ शीतकालीन ओलम्पिकमा आउने सहभागीहरुलाई कोभिड–१९ परीक्षणमा केही छूट दिने भएको छ।

राजधानी सहर बेइजिङमा कोभिड–१९ का संक्रमितको संख्या बढिरहेको भए पनि चीनले यस्तो निर्णय गरेको हो। 

यो निर्णयसँगै अब खेलाडीहरुलाई यो प्रतियोगितामा भाग लिन सहज हुने भएको छ। ४ जनवरीदेखि अहिलेसम्म उक्त प्रतियोगितामा भाग लिन आएका ३ हजारमध्ये १०६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। 

त्यस्तै प्रतियोगिताको बन्द सत्रभन्दा बाहिरका स्थानीय मानिसले पनि निकै कडा नियमको पालना गर्नुपरेको छ।

चीनको बेइजिङस्थित फेङताई जिल्लाका करिब २० लाख मानिसलाई कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ।

यसै साताको सुरुवातमा यो जिल्लामा कोरोना संक्रमणका केही संक्रमित भेटिएका थिए। 

ज्वरो तथा खोकीजस्ता लक्षणको औषधि खरिद गर्ने मानिसहरुलाई पनि ३ दिनभित्र कोरोना परीक्षण गराउन निर्देशन दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .