ad ad

खेल


फुटबलका पूर्वकप्तान हरि खड्काको शैक्षिक प्रमाणपत्र नक्कली, अदालतमा मुद्दा दायर

फुटबलका पूर्वकप्तान हरि खड्काको शैक्षिक प्रमाणपत्र नक्कली, अदालतमा मुद्दा दायर

नेपालखबर
माघ १३, २०७८ बिहिबार ५:४, काठमाडौँ

नेपाली फुुटबलको राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ। आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकूद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत थिए। 

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ। उक्त प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ। आयोगले बिगोबमोजिमको कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .