ad ad

खेल


मोरोक्को र सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

मोरोक्को र सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

नेपालखबर
माघ १२, २०७८ बुधबार ६:३८, काठमाडौँ

मोरोक्को र सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा पुगेका छन्।

मंगलबार राति भएको आ–आफ्नो खेलमा जित हात पार्दै मोरोक्को र सेनेगलले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

मंगलबार भएको खेलमा सेनेगलले केप भर्डमाथि २–० को जित हात पारेको हो। सेनेगललाई जिताउन साडियो माने र बाम्बा डिएङले १/१ गोल गरेका थिए। 

त्यस्तै अर्को खेलमा मोरोक्कोले मलावीलाई २–१ गोल अन्तरले हराएको छ।

खेलको ७ औं मिनेटमा नै मलावीले १–० को अग्रता लिएको भए पनि पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्काउँदै मोरोक्कोले खेल बराबरीमा ल्याएको थियो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा मोरोक्कोलाई जिताउन अचरफ हाकिमीले निर्णायक गोल गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .