ad ad

खेल


नेपाल र मौरिससबीचको खेलमा एक तिहाई दर्शक राखिने, टिकट दर कति?

नेपाल र मौरिससबीचको खेलमा एक तिहाई दर्शक राखिने, टिकट दर कति?

नेपालखबर
माघ ११, २०७८ मंगलबार १७:३२, काठमाडौँ

नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलमा एक तिहाई दर्शक राखिने भएको छ। 

नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक तिहाई दर्शक राखेर खेल गराउने निर्णय गरेको हो। 

एन्फाले प्रतियोगिताका लागि भीआईपी प्यारापिटका लागि १ हजार र साधारण प्यारापिटका लागि ५ सय रुपैयाँ टिकट दर तोकेको छ। 

प्रतियोगिताका दुवै खेलहरु साँझ पौने ५ बजे हुनेछन्। 

नेपालले शनिबार र मंगलबार गरेर दुई मैत्रीपूर्ण खेल खेल्नेछ। 

मौरिसससँगको खेलका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ। 

नेपालसँगको खेलका लागि मौरिससको टोली सोमबार नै नेपाल आइसकेको छ। मौरिससको टोलीले मंगलबारदेखि अभ्यास सुरु गरिसकेको छ। 

साफ च्याम्पियनसिप पछि नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। त्यसअघि नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .