ad ad

खेल


सेमिफाइनलका खेलदेखि आहा रारामा एक तिहाई दर्शक राखिने

सेमिफाइनलका खेलदेखि आहा रारामा एक तिहाई दर्शक राखिने

नेपालखबर
माघ ११, २०७८ मंगलबार १७:१५, काठमाडौँ

कोरोना महामारीको बढ्दो संक्रमणका कारण बिना दर्शक सञ्चालन भैरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलका खेलदेखि भने दर्शक राखिने भएको छ। 

आयोजक सहारा क्लबले आज एक सूचना जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताको एक तिहाई दर्शक राखेर खेल खेलाउने जनाएको हो। 

प्रतियोगिताका ६ खेल सकिँदा बिना दर्शक खेलहरु सञ्चालन भएका थिए। 

आरा रारा गोल्डकपको सेमिफाइनल र फाइनल खेलका लागि टिकट दर ३ सय रुपैयाँ तोकिएको छ। 

प्रतियोगिताको टिकट प्रभु पे अनलाइन एपबाट टिकट काट्न सकिनेछ। प्रतियोगिता हेर्न रंगशाला जाँदा खोप कार्ड भने अनिवार्य गरिएको छ। 

प्रतियोगिताको पहिलो सेमिफाइलन खेलमा बुधबार नेपाल एपीएफ फुटबल क्लब र मछिन्द्र क्लब खेल्नेछन्। एपीएफले बीवाईएससी मिनेसोटा अमेरिकालाई तथा मछिन्द्रले संकटालाई हराउँदै अन्त्मि ४ मा स्थान बनाएका थिए। 

दोस्रो सेमिफाइनल खेलमा बिहीबार आर्मीले मनाङसँग खेल्नेछ। मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो। 

फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .