ad ad

खेल


आहा रारा गोल्डकप : थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

आहा रारा गोल्डकप : थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

नेपालखबर
माघ ११, २०७८ मंगलबार १६:४५, काठमाडौँ

राजीव गुरुङको निर्णायक गोलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टारलाई १–० गोल अन्तरले पाखा लगाउँदै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो। 
योसँगै आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आर्मीले अग्रता बनाएको थियो। 

खेलको ७० औँ मिनेटमा आर्मीका राजिव गुरुङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले मैदानको सेन्टरबाट एक्लै अघि बढाएको बललाई किपर अघि बढेको अवस्थाको फाइदा उठाउँदै सुन्दर गोल गरे। 

खेलमा थ्रीस्टारले गोल गर्ने केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार नेपाल एपीएफ फुटबल क्लब र मछिन्द्र क्लब खेल्नेछन्। एपीएफले बीवाईएससी मिनेसोटा अमेरिकालाई तथा मछिन्द्रले संकटालाई हराउँदै अन्त्मि ४ मा स्थान बनाएका थिए। 

दोस्रो सेमिफाइनल खेलमा बिहीबार आर्मीले मनाङसँग खेल्नेछ। मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो। 

फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .