ad ad

खेल


आहा रारा गोल्डकप: क्वार्टरफाइनलको अन्तिम खेलमा आज आर्मी र थ्रीस्टार भिड्दै

आहा रारा गोल्डकप: क्वार्टरफाइनलको अन्तिम खेलमा आज आर्मी र थ्रीस्टार भिड्दै

नेपालखबर
माघ ११, २०७८ मंगलबार ११:३२, काठमाडौँ

पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछन्। 

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजेपछि सुरु हुनेछ। 

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग बिहीबार खेल्नेछ। 

यसअघि काठमाडौमा भएको ए डिभिजन लिगमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। 

त्यसको एक महिना पछि नै आर्मी र थ्रीस्टार आमनेसामने हुन लागेका हुन्। 

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .