ad ad

खेल


आहा! रारा गोल्डकप : मनाङ र नेपाल पुलिस भिड्दै

आहा! रारा गोल्डकप : मनाङ र नेपाल पुलिस भिड्दै

नेपालखबर
माघ ९, २०७८ आइतबार १३:१५, काठमाडौँ

आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आइतबार मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। 

पोखरा रंगशालामा हुने खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ। 

प्रि-क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई सडन डेथमा  पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो। मनाङले भने सिधै बाई पाएर क्वार्टरफाइनल खेल्न लागेको हो। 

यसअघि ए डिभिजन लिग अन्तर्गत सोही रंगशालामा भएको खेलमा मनाङले पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। 

आजको खेलको विजेताले थ्रीस्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग माघ १३ गते सेमिफाइनलमा खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .