ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति चोरी भएको छ।
गुठीघरमा रहेको मूर्ति गएराति १२ बजेदेखि ४ बजेको बिचमा चोरिएको हुनसक्ने ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
मूर्ति चोरीको अनुसन्धान गर्न ललितपुर परिसरका डीएसपी दीपक भारतीको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको एसपी शाहले बताए।
घटना अनुसन्धान गर्न अपराध महाशाखाको टोली पनि अनुसन्धानमा खटिएको छ।
यस्तै मूर्ति चोरी भएको खबर पाएपछि ऊर्जा मन्त्री पम्फा भुसाल घटनास्थलको निरीक्षणमा पुगेकी छन्।
उनले यो निन्दनीय कार्यको भर्त्सना गर्दै तत्काल दोषी पत्ता लगाउन र मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको बताएकी छन्।
— Pampha Bhusal (@pampha_bhusal) January 23, 2022ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवी कालिन मुर्ति चोरी भएको खबर थाहा हुनासाथ घटनास्थलको निरिक्षण गरियो सो निन्दनीय कार्यको भत्र्सना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको छु, विश्वास छ सो ऐतिहासिक तथा पूरातात्विक मूर्ति छिट्टै भेटिनेछ pic.twitter.com/LJ1uGHSJIb
Shares

प्रतिक्रिया