ad ad

खेल


लोकेश र विवेक पहिलोचोटि राष्ट्रिय टोलीमा, सोमपाल र विनोद परेनन् (सूचीसहित)

लोकेश र विवेक पहिलोचोटि राष्ट्रिय टोलीमा, सोमपाल र विनोद परेनन् (सूचीसहित)

नेपालखबर
माघ ६, २०७८ बिहिबार ११:१६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि अन्तिम १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ। 

क्यानले सार्वजनिक गरेको सूचीअनुसार टोलीमा लोकेश बम र विवेक यादवले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन। यस्तै सोमपाल कामी र विनोद भण्डारी टोलीमा अटाएका छैनन। 

सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेष, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद् भेषावकर, आरिफ शेष, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, र प्रदीप ऐरी छन्।  

टोलीमा शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले पूनरागमन गरेका हुन्।

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ए प्रतियोगिता फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ। ग्लोबल छनोट एमा नेपालसहित ८ टोली भिडिने छन्। ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र  फिलिपिन्स समूह बी मा छन्।

आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन्। समूह चरणको खेलपछि हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .