ad ad

खेल


आर्मीलाई टाईगर कपको उपाधि

आर्मीलाई टाईगर कपको उपाधि

नेपालखबर
माघ १, २०७८ शनिबार १७:१७, काठमाडौँ

हेल्प नेपाललाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा सम्पन्न दोस्रो संस्करणको टाईगर कप आमन्त्रित खुला भलिबल च्याम्पिनयसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ। 

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीले हेल्प नेपाललाई २५–१८, २४–२६, २५– र २५–१९ ले हराएको हो। 

उपाधिसँगै आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको हेल्प नेपालले १ लाख ५० हजार रुपैयाँ पाएको छ।

आर्मी गत संस्करणको उपविजेता टोली हो भने हेल्प नेपालले पहिलो पटक च्याम्पियनसिपमा भाग लिएको थियो। 

महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गरेका छन्। हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले जनही १० हजार रुपैया पाए। 

विधागततर्फका उत्कष्ट महिला खेलाडी 
सर्वोत्कृष्ट खेलाडी–सरस्वती चौधरी –एपीएफ) 
उत्कृष्ट स्पाईकर– शान्ती कुमारी थारु –आर्मी)
उत्कृष्ट ब्लकर–हिरा केसी –एपीएफ) 
उत्कृष्ट सर्भर–निरुता ठगुन्ना –एपीएफ)  
उत्कृष्ट सेटर–कृपा अधिकारी –आर्मी) 
उत्कृष्ट डिफेन्डर– सलिना श्रेष्ठ –न्यु डायमण्ड
उत्कृष्ट प्रशिक्षक– महेश चौधरी –एपीएफ) 

पुरुषतर्फका विधागत उत्कृष्ट खेलाडी 
सर्वोत्कृष्ट खेलाडी– (धन बहादुर भट्ट क्षत्री –आर्मी)  
उत्कृष्ट स्पाईकर– विनित कुमार (टिपटप हेल्प नेपाल ) 
उत्कृष्ट ब्लकर– अमित  (टिपटप हेल्प नेपाल)
उत्कृष्ट सर्भर– इम बहादुर राना –पुलिस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .