ad ad

खेल


एपीएफले जित्यो टाइगर कप भलिबलको महिलातर्फको उपाधि

एपीएफले जित्यो टाइगर कप भलिबलको महिलातर्फको उपाधि

नेपालखबर
माघ १, २०७८ शनिबार १२:५५, काठमाडौँ

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ। 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्यो। 

जितसँगै एपीएफले लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। उपाधिसँगै एपीएफले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।

दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ पाएको छ। 

तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले ७५ हजार रुपैयाँ पाउँदा चौथो भएको पुलिस क्लबले ३५ हजार रुपैयाँ पाएको छ। 

पुरुषतर्फको उपाधिका लागि आजै टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .