ad ad

खेल


प्रधानमन्त्री कप: कोरोना संक्रमणको आशंकापछि पुलिस र प्रदेश १ को खेल स्थगित

प्रधानमन्त्री कप: कोरोना संक्रमणको आशंकापछि पुलिस र प्रदेश १ को खेल स्थगित

नेपालखबर
माघ १, २०७८ शनिबार ११:२०, काठमाडौँ

खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ। 

शनिबार ९ बजे खेल हुने भनिए पनि प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि आजको खेल स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि उनीहरुकै आग्रहमा कोरोना परीक्षण गर्न लागिएको हो। 

आजै खेलाडीको कोरोना परीक्षण आजै हुने र नतिजा आएपछि मात्रै खेलमा अंक बाँड्ने वा पुनः खेलाउने भन्ने बारेमा थाहा हुने क्यानले जनाएको छ। 

आजका लागि तय भएको बागमती र गण्डकी प्रदेशबीचको खेल भने तोकिएकै समयमा हुनेछ।

कोरोना परीक्षणमा सबैको नेगेटिभ आए आज स्थगित भएको खेल पर्सी मंगलबार हुने क्यानले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .