उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको नवौँ चरणको दोस्रो खेलमा सातदोबाटोले मनाङमाथि २–१ जित निकालेको हो।
खेलको पहिलो हाफमा दुई गोल गर्दै सातदोबाटोले अग्रता बनाएको थियो।
खेलको ११ औँ मिनेटमा मार्टिन सिलो नागाको गोलमा सातदोबाटोले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३८ औँ मिनेटमा अजायी मार्टिनले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको पहिलो हाफमा २–० ले पछि परेको मनाङले दोस्रो हाफमा १ गोल फर्कायो। खेलको ५७ औँ मिनेटमा मनाङका अफिज ओलावालले शान्त्वना गोल फर्काए।
जितसँगै सातदोबाटो १२ अंक जोड्दै छैटौँ स्थानमा उक्लेको छ। सातदोबाटोसँग पराजित भएको मनाङको उपाधि यात्रामा धक्का लागेको छ।
९ खेलमा १९ अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत छ।
Shares
प्रतिक्रिया