प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज हुने दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।
आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।
पुलिसले अहिलेसम्म खेलेको ३ खेलमै जित हात पार्दै ६ अंक जोडेको छ भने प्रदेश १ ले २ खेलबाट १ अंक मात्र जोडेको छ।
त्यस्तै आज हुने दोस्रो खेलमा बागमती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
बागमतीले ३ मध्ये २ खेल जित्दै ४ अंक जोडेको छ भने गण्डकीले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ।
माघ १, २०७८, शनिबार
प्रतिक्रिया