अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिपुरेश्वरस्थित रंगशालामा जारी ए डिभिजन लिग हेर्न जाने दर्शकलाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।
एन्फाका अनुसार प्रवेशद्वारमै खोप कार्ड देखाएपछि मात्रै दर्शकले रंगशालाभित्र प्रवेश गर्न पाउनेछन्।
योसँगै खोप लगाएका दर्शकले मात्रै रंगशालामा फुटबल हेर्न पाउनेछन्।
रंगशालामा अहिले ए डिभिजन फुटबल लिग भइरहेको छ। आजदेखि नवौँ चरणका खेल सुरु भएका छन्।
पुस ३०, २०७८, शुक्रबार
प्रतिक्रिया