ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः आज चार खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटः आज चार खेल हुँदै

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार ७:३८, काठमाडौँ

प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज चार खेल हुँदै छन्। यी मध्ये दुई खेल त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्। 

पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुलिसले खेलेको दुवै खेलमा जित हात पार्दै ४ अंक जोडेको छ भने कर्णालीले तीनमध्ये १ खेलमा मात्र जित हात पार्दै २ अंक जोडेको छ। 

मूलपानीमा क्रिकेट मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

आर्मीले ३ खेलबाट १ जित, १ हार र १ खेल अनिर्णित भएपछि ३ अंक हात पारेको छ भने सुदूरपश्चिमले २ मध्ये १ खेलमा जित हात पार्दै २ अंक जोडेको छ। 

त्यस्तै त्रिवि मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। बागमतीले २ मध्ये १ मा जित निकाल्दै २ अंक जोडेको छ। प्रदेश २ ले भने ३ खेलबाट २ अंक हात पारेको छ। 

मूलपानीमा हुने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। एपीएफले ३ खेलमा अपराजित रहँदै ६ अंक जोडेको छ भने लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .