ad ad

खेल


१० खेलाडीमा सीमित आर्सनलसँग बराबरीमा रोकियो लिभरपुल

१० खेलाडीमा सीमित आर्सनलसँग बराबरीमा रोकियो लिभरपुल

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार ६:५६, काठमाडौँ

कारबाओ कपको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा लिभरपुल र आर्सनलले गोलरहित बराबरी खेलेका छन्।

बिहीबार राति भएको खेलको २४ औं मिनेटमा आर्सनलका ग्रानिट साका रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

त्यससँगै आर्सनल १० खेलाडीमा सीमित भएको थियो। तर, लिभरपुलले त्यसको फाइदा भने उठाउन सकेन। 

खेललाई लिभरपुलले अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि नतिजा भने दिन सकेन। 

अफ्रिका कप चलिरहेको कारण लिभरपुलका मोहम्मद सलाह तथा साडियो मानेजस्ता खेलाडी भने बिहीबारको खेलमा अनुपस्थित थिए।

त्यसको असर पनि आर्सनलसँगको खेलमा देखिएको हो। अब उनीहरुबीच हुने दोस्रो लेगको खेलले फाइनलमा पुग्ने टोली निर्धारण गर्नेछ।

यसअघि नै चेल्सी कारबाओ कपको फाइनलमा पुगिसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .