एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।
बिहीबार राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई २–१ गोल अन्तरले पराजित पराजित गर्दै बिल्बाओले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
बिहीबार राति भएको खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६२ औं मिनेटमा आत्मघाती गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो। तर, खेलको ७७ औं मिनेटमा एथ्लेटिक बिल्बाओका यारे अल्भारेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यसको चार मिनेटमा निको विलियम्सले अर्को एक गोल थपे र खेललाई २–१ को अवस्थामा पुर्याए। खेलमा थप गोल हुन सकेन र एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा पुग्यो।
अब फाइनलमा उसले रियल मड्रिडको सामना गर्नेछ। यसअघि बुधबार राति भएको खेलमा बार्सिलोनालाई हराउँदै रियलले फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।
Shares
प्रतिक्रिया