विश्व ब्याडमिन्टन जुनियरतर्फ वरीयतामा शीर्ष स्थानमा पुगेका प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन्।
प्रिन्सबारे विस्तृत : ब्याडमिन्टनमा इतिहास रचे प्रिन्स दाहालले, विश्वको शीर्ष स्थानमा
यो खबर सार्वजनिक भएपछि बिहीबार दिउँसो प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत प्रिन्स दाहाललाई बधाई र आगामी दिनका लागि शुभकामना दिएका हुन्।
प्रधानमन्त्री देउवाको बधाई सन्देश - विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरीयतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु।
174
Shares
प्रतिक्रिया