ad ad

खेल


सिड्नीविरुद्ध लामिछानेले १८औँ ओभरमा झारे २ विकेट

सिड्नीविरुद्ध लामिछानेले १८औँ ओभरमा झारे २ विकेट

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७८ बिहिबार १३:५०, काठमाडौँ

बिगबास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन्। 

लामिछानेले सिड्नी थन्डर्सका ब्याक्स्टर होल्ट र नाथन म्याकएन्ड्रुको विकेट लिएका हुन्। 

१८औँ ओभरको पहिलो बलमा विकेट लिएका उनले दोस्रो डट बल फ्याँक्दा तेस्रोमा चौका दिए। त्यसपछि चौथो बलमा पुनः विकेट झारे भने पाँचौँ डट र छैटौंमा १ रन दिए। 

आजको खेलमा लामिछानेले ४ ओभर बलिङ गरेर २६ रन दिँदै २ विकेट लिएका छन्। 

उनको क्लब होबार्ट हरिकेन्सले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। 

१७८ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन मात्र बनाउन सक्यो।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .