ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको पहिलो जित

नेपालखबर
पुस २९, २०७८ बिहिबार १२:५०, काठमाडौँ

शेर मल्लको घातक बलिङमा प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ। 

कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिमले पहिलो जित निकालेको हो। कर्णालीले भने प्रतियोगितामा दोस्रो हार भोगेको हो। 

सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले  १९ दशमलव १ ओभरमा १ सय ६ रन बनाउँदा अलआउट भयो। 

कर्णालीका कप्तान रवीन्द्र शाहले सर्वाधिक ३५ रन जोड्दा अर्जुन घर्तीले ३० रन थपे। अनुप कुवँरले १३ रन जोड्न बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कर्णालीलाई कम स्कोरमा रोक्न सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले मात्र १५ रन खर्चे। हेमन्त धामीले २ तथा विकास अग्री, आदित्य महत र गजेन्द्र महतले समान एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार पारेको थियो। 

सुदूरपश्चिमका अर्जुन साउदले ३२, वसन्त कार्कीले २८, दिपक बोहोराले २५ र खडक बोहोराले २२ रन जोडे। 

कर्णालीका प्रकाश जैसीले ३ तथा दिवान पुन र रवीन्द्र शाहीले समान २ विकेट झारे। दिनेश अधिकारीको नाममा एक विकेट रह्यो।

आजैका लागि तय त्रिभुवन आर्मी र प्रदेश १ बीचको खेल ने वर्षाले प्रभावित हुँदा अंक बाँडेका छन्। मूलपानी मैदानमा हुने भनिएको खेल गए रातिको वर्षाका कारण मैदान ओसिलो भएपछि खेल हुन नसकेको हो। टस समेत हुन नसकेको खेलमा दुवै टोलीले अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .