इंग्लिस प्रिमयर लिगअन्तर्गत बुधबार राति भएको खेलमा वेस्ट ह्यामले नर्विच सिटीमाथि २–० को जित हात पारेको छ।
वेस्ट ह्यामलाई जित दिलाउन वेस्ट ह्यामका फरवार्ड जारोड बोवेनले दुवै गोल गरेका थिए।
यससँगै वेस्ट ह्याम आर्सनललाई पछि पार्दै लिगको चौथो स्थानमा उक्लिएको छ।
वेस्ट ह्यामले २१ खेलबाट ३७ अंक हात पारेको छ। आर्सनलको २० खेलबाट ३५ अंक जोडेको छ।
म्यानचेस्टर २१ खेलबाट ५३ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको चेल्सीले समान खेलबाट ४३ अंक जोडेको छ।
24
Shares
प्रतिक्रिया