बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।
बुधबार राति भएको रोमाञ्चक खेलको थप समयमा हराउँदै रियलले फाइनलमा स्थान पक्का गरेको हो।
बुधबार भएको खेलको पहिलो हाफ १–१ मा सकिएको थियो।
दोस्रो हाफको ७२ औं करिम बेन्जेमाले गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाएका थिए। तर, ८३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको खेलको आठौं मिनेटमा रियलका फेडेरिको भाल्भेर्डेले गोल गर्दै खेललाई ३–२ मा ल्याएका थिए।
खेलमा थप गोल हुन सकेन र रियल विजयी भयो।
93
Shares
प्रतिक्रिया