ad ad

खेल


चीन-भारत विवादबीच आईपीएलबाट बाहिरियो चिनियाँ मोबाइल भिभो

अब भारतीय कम्पनी टाटा प्रमुख प्रायोजक
चीन-भारत विवादबीच आईपीएलबाट बाहिरियो चिनियाँ मोबाइल भिभो

नेपालखबर
पुस २७, २०७८ मंगलबार २१:४२, काठमाडौँ

इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आईपीएल) को मुख्य प्रायोजकबाट चिनियाँ मोबाइल कम्पनी भिभोले हात झिकेको छ। 

चर्चित चिनियाँ मोबाइल कम्पनी भिभो बाहिरिएपछि अब आईपीएलको मुख्य प्रायोजक भारतीय कम्पनी टाटा बनेको छ। 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को मंगलबार बसेको बैठकले टाटालाई मुख्य प्रायोजकका रुमा छनोट गरेको हो। 

यससँगै अब नयाँ संस्करणदेखि आईपीएलको नाम भिभोाबाट टाटा आईपीएल कायम भएको छ। 

चिनियाँ मोबाइल कम्पनी भिभो सन् २०१७ मा आईपीएलको मुख्य प्रायोजक थियो। 

चीन-भारत सीमासहितको विवाद चलिरहँदा भिभोले आईपीएलबाट हात झिक्नुलाई अर्थपूर्ण मानिएको छ। 

भिभोले आईपीएलको मुख्य प्रायोजकका रुपमा बीसीसीआईलाई हरेक वर्ष ४४० करोड भारतीय रुपैयाँ दिने गरेको थियो। 

गत साल भारत-चीनबीचको विवादका कारण विरोध हुँदा एक सालका लागि भिभोले प्रायोजन फिर्ता लिएको थियो। 

भिभोले आईपीएलको टाइटल स्पोन्सरसिपका लागि २१ सय ९० करोडको सम्झौता पाँच वर्षका लागि गरेको थियो। 

कम्पनीले हरेक वर्ष बीसीसीआईलाई ४४० करोड दिइरहेको थियो। 

यो सम्झौता सन् २०१८ देखि २०२२ सम्मको थियो। यसअघि यो सम्झौता २०२३ सम्म लाने कुरा थियो। तर एक वर्षअघि नै टाटाले भिभोलाई विस्थापित गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .