खेल


साग खेल्ने फुटबल टोली घोषणा, किरण, रोहित र नवयुग बाहिरिए

साग खेल्ने फुटबल टोली घोषणा, किरण, रोहित र नवयुग बाहिरिए

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार १३:१६,

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो। मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टोलीका विकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ परेका छन्।

त्यसबाहेक बन्द प्रशिक्षणमा रहेका किरण चेम्जोङ, रोहित चन्द र नवयुग श्रेष्ठ टिमबाट बाहिरिएका छन। सागमा २३ वर्ष मुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। जसमा तीन जना सिनियर खेलाडी राख्न पाइने प्रावधान छ।

नेपाली टिम : गोलकिपर : विकेश कुथु, अर्पण कार्की, दीप कार्की डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरङ मिडफिल्डर : बिक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर, नितिन थापा फरवार्ड : विमल घर्ती मगर, रेजिन सुब्बा, अभिषेक रिजाल, अन्जन विष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .