ad ad

बाइक


रोयल इन्फिल्डको ‘इन्टर सेप्टर ६५०’ नेपाल भित्रियो

रोयल इन्फिल्डको ‘इन्टर सेप्टर ६५०’ नेपाल भित्रियो

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार १३:१२,

एमभी डुगर ग्रुपले रोयल इन्फिल्डको ‘इन्टर सेप्टर ६५०’ नेपाल भित्राएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता डुगर ग्रुपको विवेक अटोमोबाईल प्रा.लिले सो बाइक नेपाल भित्राएको हो।

विवेक अटोमोबाईलले ‘इन्टरसेप्टर ६५०’ नेपाल भित्राएपनि बजारमा भने ल्याएको छैन। कम्पनीले बाइक छिट्टै लञ्च गर्ने जनाएको छ।

‘इन्टरसेप्टर ६५०’ भारतमा १ वर्ष अघि २०१८ ओक्टुबरमा लञ्च गरिएको थियो। ६४८ सीसीको उक्त बाईकले ५२ एनएम टर्क र ४७ बीपीएच पावर जेनेरेट गर्छ। पेट्रोल इन्जिन भएको बाइकमा ६ स्पीड गियर बक्स, एबीएस डीउल च्यानल छ भने १४६.९६ प्रतिघण्टा स्पिड कुद्न सक्ने कम्पनीले जनाएको छ ।

भारतमा २ लाख ५० हजार भारतीय रुपैयाँ रहेको यस बाईको मुल्य नेपालमा भने सार्वजानिक गरिएको छैन। बाइकको ब्रेकिङ सिस्टम ३२० एम एम डिस अगाडि र २४० एमएम डिस पछाडी रहेको छ। बाइकको फ्युल ट्यांक १३.४ लिटरको रहेको छ।

इन्फिल्डको यो बाईक तराई, पहाड, हिमाल जुन सुकै क्षेत्रमा कुदाउन पनि उपयुक्त हुने कम्पनीको दाबी छ। १७४ एमएम ग्राउन्ड क्लियरेन्स भएको बाइकमा ८०४ एमएम उचाईमा सिट रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .