ad ad

खेल


स्पेनिस ला लिगा : स्पान्योललाई इल्चेको धक्का

स्पेनिस ला लिगा : स्पान्योललाई इल्चेको धक्का

नेपालखबर
पुस २७, २०७८ मंगलबार १५:२३, काठमाडौँ

स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेको नमिठो धक्का लागेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २–१ गोलले पराजित भयो।

इल्चेको जितमा दुवै गोल पेरे मिल्लाले गरे। स्पान्योलका राउल डे टोमसले सान्त्वना गोल फर्काएका थिए। सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा इल्चेले छैटौं मिनेटमा खाता खोलेको थियो । पेरे मिल्लाले टेले मोरेन्टेको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। पेरेले १४औं मिनेटमा जोहन मोजिकाको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै इल्चेको अग्रता दोब्बर बनाए।

इल्चेको लगातार गोलपछि जोसिएको स्पान्योलले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल फर्काएको थियो। डिबक्स भित्र इल्चेका गोन्जालो भर्डुले फल खेलेपछि प्राप्त पेनाल्टीलाई राउल डे टोमसले सदुपयोग गरे।

५३ प्रतिशत बल पोसेसन राखेको इल्चेले दोस्रो हाफमा रक्षात्मक खेल खेलेको थियो। स्पान्योलले दोस्रो हाफमा राम्रा अवसर बनाएपनि गोल गर्न नसक्दा हार खेप्यो। इल्चेका पेरे मिल्ला ‘म्यान अफ दि म्याच’ भए।

जितसँगै इल्चेले रेलिगेसन रेखा छलेको छ। १६औं स्थानमा उक्लिएको इल्चेको २० खेलबाट १९ अंक छ। समान खेलबाट २६ अंक बनाएको स्पान्योल ११औं स्थानमा छ। शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २१ खेलबाट ४९ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ४४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .