ad ad

खेल


पीएम कपः पुलिसको लगातार दोस्रो जित

पीएम कपः पुलिसको लगातार दोस्रो जित

नेपालखबर
पुस २७, २०७८ मंगलबार १२:२९, काठमाडौँ

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले आर्मीलाई ४ विकेटले पराजित गरेको हो। 

आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य पुलिस क्लबले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिस क्लबका ओपनर कुशल भुर्तेल ३५, रसिद खानले २८ रन दिए। दिलिप नाथ २५ र योगेन्द्र सिंह कार्की ९ रनमा नटआउट रहे। 

आर्मीका शाहब आलमले ३, जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले एक विकेट झारे। 

त्यसअघि पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले १९ दशमलव ५ ओभरमा १ सय ३७ रन बनाउँदा अलआउट भयो। 

आर्मीका कप्तान विनोद भण्डारीले ४४ रनको योगदान दिए। सोमपाल कामीले ४२ रन थपे। कुशल मल्ल र सुशन भारीले समान १२ रन बनाए। 

आर्मीलाई रोक्न करण केसी एक्लैले ४ विकेट झारे। करणले आफ्नो स्पेलमा १७ रन खर्चे। 

गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान २ तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .