ad ad

खेल


अन्ततः जोकोभिकले पाए भिसा

अन्ततः जोकोभिकले पाए भिसा

नेपालखबर
पुस २७, २०७८ मंगलबार ६:५५, काठमाडौँ

केही दिनको रस्साकस्सीपछि अष्ट्रेलियाले टेनिस खेलाडी नोभाक जोकोभिकलाई भिसा दिने निर्णय गरेको छ।

यसअघि उनलाई भिसा दिन खोपमा छूट दिनुपर्ने कुनै कारण नभएको भन्दै अष्ट्रेलियामा विरोध प्रदर्शन भएको थियो।

त्यससँगै जोकोभिकको भिसा पनि रद्द गरिएको थियो। तर, अष्ट्रेलियाको अदालतले उनलाई भिसा दिनुपर्ने फैसला सुनाएको हो। 

अदालतले उनलाई प्रवासन हिरासतबाट छोड्न आदेश दिएको थियो।

यससँगै उनी अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका हुन्। अदालतको फैसलासँगै जोकोभिकले न्यायाधीशप्रति आभार व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत धेरै कुराहरु भए पनि अन्ततः अदालतले आफूलाई जिताएको भन्दै अब आफ्नो ध्यान टेनिसमा केन्द्रित गर्ने बताएका छन्।

उनले आफू अष्ट्रेलियन ओपन खेल्न आएको र त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन्। अष्ट्रेलियन ओपन जनवरी १७ देखि सुरु हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .