ad ad

खेल


एफए कपको चौथो चरणमा म्यानचेस्टर युनाइटेड

एफए कपको चौथो चरणमा म्यानचेस्टर युनाइटेड

नेपालखबर
पुस २७, २०७८ मंगलबार ६:४५, काठमाडौँ

एफए कपअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि १–० मने जित हात पारेको छ।

खेलको आठौं मिनेटमा नै युनाइटेडका स्कट म्याक्टोमिनेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यो गोल नै खेलको निर्णयक गोल बन्यो र युनाइटेड चौथो चरणमा प्रवेश गर्‍यो। 

निकै विवादित बनेको खेलमा एस्टन भिल्लाबाट भएको दुई गोल अफसाइड दिइएको थियो। एस्टन भिल्लाले सन् २०१६ यता तेस्रो चरण पार गर्न सकेको छैन।

खेल युनाइटेडले जिते पनि उसले खेलमा दबाब भने कायम राखेको थियो।

युनाइटेडका प्रशिक्षक राल्फ रंगानिकले खेलमा नियन्त्रण राख्न अझै जोड गर्नुपर्ने बताउँदै आएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .