ad ad

खेल


पीएम कप : एपीएफ र बागमतीको विजयी सुरुवात

पीएम कप : एपीएफ र बागमतीको विजयी सुरुवात

नेपालखबर
पुस २६, २०७८ सोमबार १७:४९, काठमाडौँ

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब र बागमती प्रदेशले विजय सुरुवात गरेका छन्। 

सोमबारबाट सुरु प्रतियोगितामा एपीएफले प्रदेश २ माथि २४ रनले जित निकालेको हो। एपीएफले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ ओभरमा १ सय ३९ रनमात्र बनाउन सक्यो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको थियो।

एपीएफका ओपनर आशिफ शेखले ६३ र प्रदिप ऐरीले ६० रन जोडे। प्रदेश २ का रुपेश सिंह एक्लैले ४ विकेट झारे। 

आजै भएको चौथो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले हराएको छ। बागमती प्रदेशले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १५ दशमलव ४ ओभरमा १ सय १५ रन जोड्दा अलआउट भयो। 

लुम्बिनी प्रदेशका दुई खेलाडीले मात्र दोहोरो अंकको स्कोर छोए। ९ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

लुम्बिनीलाई सस्तैमा रोक्न बागमतीका नन्दन यादवले ३ तथा रामनरेश गिरी, सुवास खत्री, तिलक भण्डारीले समान २ विकेट लिए। रिजन ढकालको नाममा एक विकेट रह्यो। 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रनको योगफल तयार पारेको हो। सुवास खकुरेलले अर्धशतक पुरा गरे।

सुवासले ५१, कप्तान ज्ञानेन्द्र मल्लले १९ र इसान पाण्डेले १३ रन जोडे। अन्यले दोहोरो अंकको स्काेर छुन सकेनन्। 

दुर्गेश गुप्ता र अनिल खरेलले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .