ad ad

खेल


नेपाललाई साफ च्याम्पियनसिप महिला फुटबल आयोजनाको प्रस्ताव

नेपाललाई साफ च्याम्पियनसिप महिला फुटबल आयोजनाको प्रस्ताव

नेपालखबर
पुस २५, २०७८ आइतबार १३:४१, काठमाडौँ

साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आयोजनाका लागि दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले नेपाल सामु प्रस्ताव गरेको छ। 

शुक्रबार बसेको साफको भर्चुअल बैठकले प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको हो।

नेपालले च्याम्पियनसिप आयोजनाका लागि आवश्यक बजेट र स्थानको बारेमा जानकारी गराइसकेको र त्यसबारेमा साफले पनि गृहकार्य सुरु गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। 

एन्फाले पोखरा र काठमाडौंमध्ये एक स्थानमा च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव गरेको छ। 

नेपालको प्रस्ताव साफले स्वीकार गरेमा च्याम्पियनसिप १२ देखि २४ अगष्ट सम्म गर्ने तयारी गरिएको छ। 

सन् २०१९ मा विराटनगरमा साफ च्याम्पियनसिप भएयता प्रतियोगिता हुन सकेको छैन। सो प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित हुँदै उपविजेता बनेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .