पोखरा रंगशालाई घरेलु मैदानको रुपमा प्रयोग गरेको मनाङ मस्र्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिगका आफ्नो तिनै खेल जितेको छ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।
ओलावाले अफिजको ह्याट्रिकमा मनाङले सानदार जित निकालेको हो। जारी लिगमा ओलावालेले दोस्रो ह्याट्रिक गरेका हुन्। यसअघि सातदोबाटो युथ क्लबका अजायी मार्टिनले एपीएफ फुटबल क्लबविरुद्ध पहिलो ह्याट्रिक गरेका हुन्।
लिगमा कुनै नेपाली खेलाडीले ह्याटिक गर्न सकेका छैनन्। मनाङका लागि आडेलाजा सोमिडे र दीनेश राजवंशीले समान १ गोल गरे।
पहिलो हाफमा २–० ले अग्रता बनाएको मनाङले दोस्रो हाफमा ३ गोल थप्यो। जारी लिगमा मनाङको यो छैटौँ जित हो। लिगमा पाँचौँ हार भोगेको च्यासल पुछारबाट दोस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया