अष्ट्रेलियन ओपन खेल्न अष्ट्रेलिया पुगेकी अर्की खेलाडीको पनि भिसा रद्द भएको छ।
चेक गणतन्त्रकी रेनाटा भोराकोभाको भिसा रद्द भएको हो। यसअघि खोप लगाउने विषयमा विवाद देखिएसँगै नोभाक जोकोभिकको भिसा पनि रद्द भएको थियो।
भोराकोभाले पनि अहिले जोकोभिकलाई जस्तै होटलमा राखिएको छ। जोकोभिकले आफ्नो भिसा रद्दको निर्णय फिर्ताको लागि आग्रह गरेका छन्।
यसअघि अष्ट्रेलियाले जोकोभिकलाई कोरोना खोपको नियममा छूट दिने निर्णय गरेको थियो तर विवाद बढेसँगै उनको भिसा रद्द गरिएको थियो।
चेक सरकारले भने भोराकोभा भिसा छूटको वैध नियमअनुसार नै अष्ट्रेलिया प्रवेश गरेको बताएको छ।
उनी हालै मात्र कोरोना संक्रमणमुक्त भएको चेक सरकारको भनाइ छ।
अष्ट्रेलियाको सरकारले भने हालै मात्र कोरोना संक्रमणमुक्त हुनुले पूरा डोज खोप लगाउन पर्ने नियमसँग कुनै अर्थ नराख्ने बताएको छ।
Shares
प्रतिक्रिया