ad ad

खेल


एपीएफ र जावलाखेल युथ क्लबले बराबरी अंक बाँडे

एपीएफ र जावलाखेल युथ क्लबले बराबरी अंक बाँडे

नेपालखबर
पुस २३, २०७८ शुक्रबार १८:५५, काठमाडौँ

काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले बराबरी गर्दै अंक बाँडेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौँ चरणको दोस्रो खेलमा एपीएफ र जावलाखेलले गोलरहित बराबरी गर्दै अंक बाँडेका हुन्। 

खेलमा तुलनात्मक रुपमा एपीएफले दबाब बनाएपनि बराबरीमा चित्त बुझाउनु पर्यो। 

जावलाखेलको भने जारी लिगमा दोस्रो बराबरी हो। जावलाखेलले २ खेलमा जित र ४ खेलमा हार भोगेको छ। ८ अंकमा नवौँ स्थानमा छ। 

जावलाखेलसँग बराबरीमा रोकिएको एपीएफ भने नवौँ स्थानमा छ। 

लिगका ८ खेल सकिँदा एपीएफले १ खेलमा जित, ४ मा बराबरी र ३ खेलमा हार भोग्दै १० औँ स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .