ad ad

खेल


संकटाले सातदोबाटोसँग बराबरी अंक बाँड्यो

संकटाले सातदोबाटोसँग बराबरी अंक बाँड्यो

नेपालखबर
पुस २३, २०७८ शुक्रबार १५:६, काठमाडौँ

कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको संकटा क्लबले सातदोबाटो युथ क्लबसँग अंक बाँडेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको आठौँ चरणको पहिलो खेलमा संकटाले सातदोबाटोसँग एक एक गोलको बराबरी गर्दै अंक बाँडेको हो। 

खेलको पहिलो हाफमा बराबरी गरेका दुवै टोलीले दोस्रो हाफमा राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। 

खेलको २३ औँ मिनेटमा सातदोबाटोले गोल गर्दै सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा संकटासँग अंक बाँड्यो। 

खेलको २३ औँ मिनेटमा संकटाका डिफेन्डर निरज बस्नेतको ब्याकपासमा किपरले क्लियर गर्न नसकेको बल सुशिल राईलाई लाग्दै गोलमा परिणत भयो। 

३२ औँ मिनेटमा संकटाका दिपेश आले मगरको पासमा जय गुरुङले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

जारी लिगमा संकटाको यो पाँचौ बराबरी हो। सातदोबाटोसँग अंक बाँडेको संकटा १४ अंकमा तालिकाको तेस्रो स्थानमा यथावत छ। 

७ खेलबाट ९ अंक जोडेको सातदोबाटो आठौँ स्थानमा छ। सातदोबाटोको यो तेस्रो बराबरी हो। 

आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले एपीएफ फुटबल क्लबको सामना गर्नेछ। खेल दशरथ रंगशालामा अपरान्ह पौने पाँच बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .