इटालियन सिरी ए अन्तर्गतको बिहीबार राति भएको खेलमा एसी मिलानले रोमालाई ३–१ को जित हात पारेको छ।
बिहीबार रातिको खेलको आठौं मिनेटमा ओलिभर जिरुडले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको १७ औं मिनेटमा जुनियर मेसियासले टोलीको अग्रता दोब्बर पारेका थिए।
खेलको ४० औं मिनेटमा रोमाले एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो।
८१ औं मिनेटमा एसी मिलानलाई ३–१ को अवस्थामा पुर्याएको थियो। ७४ औं र ९३ औं मिनेटमा रोमाका दुई खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
खेल सकिन केही समय मात्र बाँकी रहँदा एसी मिलानका जाल्टन इब्राहिमोभिकले पेनाल्टीमार्फत गोल गर्ने अवसर खेर फालेका थिए।
27
Shares
प्रतिक्रिया