ad ad

खेल


मुलपानी मैदानमा फाइनल खेलकै दिन एमालेको जिल्ला अधिवेशन

मुलपानी मैदानमा फाइनल खेलकै दिन एमालेको जिल्ला अधिवेशन

नेपालखबर
पुस २१, २०७८ बुधबार १४:३२, काठमाडौँ

यही पुस २३ गते मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि  बागमतीस्तरीय सिनियर क्रिकेटको फाइनल खेल हुँदैछ। 

तर राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले त्यही दिन मैदान एमाले काठमाडौं जिल्ला अधिवेसनका लागि उपलब्ध गराएको छ। राखेपले उक्त मैदान उपलब्ध गराएसँगै पार्टीले मैदानमा टेन्ट गाड्ने, कुर्सी राख्ने, कार्यकर्ता भेला गर्ने लगायत काम सुरु गरिसकेको छ। 

फाइनलकै दिन एमालेको कार्यक्रम हुने भएपछि क्रिकेटको मैदानबाट क्रिकेट नै विस्थापित हुने अवस्था आएको छ।  

नेपाल क्रिकेट संघ(क्यान)का सदस्य दुर्गाराज पाठक फाइनल खेलकै दिन मैदानमा राजनैतिक कार्यक्रम हुने भएपछि तनावमा देखिन्थे। 

‘क्रिकेटको मैदानमा राजनैतिक कार्यक्रम गर्न दिनु एकदमै गलत हो,’ पाठकले भने, ‘खेलकुदको सर्वोच्च संस्थाले नै खेलकुदस्थलमा राजनैतिक कार्यक्रमका लागि स्वीकृति दिनु बिडम्बना हो। अब फाइनल नै रोकिने भयो।’

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले गते पुस ७ गते नै उक्त मैदान प्रयोगका लागि एमाले काठमाडौंलाई स्वीकृति दिइसकेको छ। सोही दिन युवा तथा खेलकुद मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार मैदान उपलब्ध गराउने पत्र प्राप्त भएपछि राखेपले त्यही दिन मैदान उपलब्ध गराउने पत्र पठाएको हो। 

राखेपका प्रशासन विभाग प्रमुख तथा प्रवक्ता मधुसुदन बस्नेतले मैदान उपलब्ध गराउँदा क्रिकेट कार्यक्रम नरहेको र माथिको निर्देशन अनुसार मैदान दिइएको बताए। 

‘खेलको कार्यक्रममा खेल नै हुनु नै हो। तर माथिको निर्देशन अनुसार दिइएको हो,’ उनले भने, ‘उहाँहरु स्वीकृतिका त्यहाँ क्रिकेट कार्यक्रम थिएन। त्यही भएर दिइएको हो। तर पनि मिलेसम्म क्रिकेट खेलस्थल नदिदा राम्रो हो।’

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .