ad ad

खेल


अष्ट्रेलियाले जोकोभिकलाई भिसामा छूट दिएकोमा विवाद

अष्ट्रेलियाले जोकोभिकलाई भिसामा छूट दिएकोमा विवाद

नेपालखबर
पुस २१, २०७८ बुधबार ९:६, काठमाडौँ

 टेनिस स्टार नोभाक जोकोभिकलाई अष्ट्रेलियन ओपन खेल्न खोप लगाउनुपर्ने नियममा दिइएको छूटले विवाद उत्पन्न भएको छ।

अष्ट्रेलियाका अधिकारीले उनलाई विशेष छूट दिँदै अष्ट्रेलियन आपन खेल्न दिने निर्णय गरेका हुन्। अष्ट्रेलियाको नियमअनुसार प्रतियोगिताका सबै खेलाडी र कर्मचारीले कोरोनाविरुद्धको पूरा डोज खोप लिएको हुनुपर्छ। 

आयोजकले जोकोभिकलाई कुनै विशेष सुविधा नदिइएको बताएको छ। अहिले पनि कोरोना नियन्त्रणको लागि भन्दै खुलारुपमा यात्रा गर्न नपाएका अष्ट्रेलियाका नागरिकले जोकोभिकलाई छूट दिइएको भन्दै अधिकारीहरु र नेताहरुको आलोचना गरेका हुन्।

अष्ट्रेलियन ओपनका प्रमुख क्रेग टिलेका अनुसार २६ खेलाडीले प्रतियोगितामा भाग लिनको लागि खोपको नियममा छूटको लागि आवेदन दिएका थिए। सोही आवेदनको आधारमा सरकारको मापदण्डअनुसार नै उनीहरुलाई छूट दिइएको हो। 

अष्ट्रेलियन ओपन प्रतियोगिता जनवरी १७ बाट मेलवर्नमा हुँदै छ। जोकोभिकले आफूलाई भिसामा छूट दिइएको र अब अष्ट्रेलियन ओपनमा सहभागी हुन सक्ने बताएका छन्। यद्यपि उनले आफूले खोप लगाएको वा नलगाएको भन्ने विषयमा भने केही बताएका छैनन्। 

गत अप्रिलमा उनले सार्वजनिकरुपमा भनेका थिए, ‘व्यक्तिगत रुपमा म खोपको विरोध गर्छु र मलाई कसैले पनि यात्राको लागि खोप लगाउन बाध्य नपारोस् भन्ने चाहन्छु।’ 

उनको यो अभिव्यक्तिले त्यतिबेला पनि ठूलो विवाद उत्पन्न भएको थियो। 

अहिले मानिसहरुले धनी र चर्चित मानिसहरुलाई खुसी पार्नको लागि अष्ट्रेलियाले भिसामा छूट दिएको आरोप  लगाएका छन्।

जति चर्चित छतथा धनी भए पनि खोप लगाउन अस्वीकार गर्ने व्यक्तिलाई अष्ट्रलिया आउने अनुमति दिन नहुने उनीहरुको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .