ad ad

खेल


टेस्ट क्रिकेटमा पहिलोपटक बंगलादेशसँग हार्‍यो न्युजिल्याण्ड

टेस्ट क्रिकेटमा पहिलोपटक बंगलादेशसँग हार्‍यो न्युजिल्याण्ड

नेपालखबर
पुस २१, २०७८ बुधबार ६:४८, काठमाडौँ

बंगलादेशले टेस्ट क्रिकेटमा पहिलोपटक न्युजिल्याण्डलाई हराएको छ। न्युजिल्याण्डसँगको पहिलो टेस्टमा बंगलादेशले ८ विकेटको शानदार जित हात पारेको हो।

न्युजिल्याण्डले दिएको ४० रनको लक्ष्य बंगलादेशले २ विकेट गुमाउँदै पूरा गरेको हो। 

यसअघि पहिलो इनिङमा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो भने बंगलादेशले ४५८ रन बनाएको थियो।

दोस्रो इनिङमा न्युजिल्याण्ड १६९ रनमा समेटियो। त्यससँगै बंगलादेशले जितको लागि ४० रनको लक्ष्य पाएको थियो। 

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एबाडोट हुसेन बने। उनले समग्रमा ७ विकेट लिएका थिए।

न्युजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेस्ट आइतबार सुरु हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .