ad ad

खेल


कप्तान नरहँदैमा मेरो खेल जीवन सकिँदैन-ज्ञानेन्द्र मल्ल

कप्तान नरहँदैमा मेरो खेल जीवन सकिँदैन-ज्ञानेन्द्र मल्ल

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७८ मंगलबार १३:३५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले कप्तानबाट हटाउँदैमा आफ्नो खेल जिवन नसकिने बताएका छन्। 

खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीचको विवादले केही सातादेखि तातेको घरेलु  क्रिकेटको विवाद अन्तत समाधान भएको छ। आइतबार क्यान र असन्तुष्ट खेलाडीबीच सहमति भएसँगै सोमबार सबै खेलाडी प्रशिक्षणका लागि होटल पुगेका थिए। 

मंगलबार त्रिवि क्रिकेट मैदानमा पत्रकारसँग कुरा गर्दै पूर्वकप्तान मल्लले आफूलाई कप्तानबाट हटाउँदा दु:ख लागे पनि आफू आफ्नो, देश र परिवारको लागि खेल्ने बताएका हुन्। 

उनले भने, ‘कप्तानीबाट हटाउँदा दु:ख लाग्यो। यत्रो वर्ष क्रिकेटलाई दिए बिना कारण यो मुद्दालाई लिएर कप्तानबाट हटाइयो त्यतिबेला चाहिँ केही गाह्रो भयो। म सँधै कप्तान हुन आएको हैन। म पहिला नि खेलेको थिए, अहिले पनि खेल्छु। म मेरो लागि देश र परिवारको लागि खेल्छु, त्यो नै लक्ष्य हो।

क्यानले गत मंसिर २९ गते कप्तान ज्ञानेन्द्रलाई हटाएर सन्दीप लामिछानेलाई कप्तान तोकेको थियो। 

आफूहरुले बोर्डलाई सानो  देखाउन त्यस्तो नगरेको मल्लको भनाइ छ। ‘क्यानलाई नराम्रो नै देखाउने हो भने अरु बाटो पनि छन्। आत्मसम्मानको कुराले गर्दा केही अफ्ठ्यारो परेको हो’, मल्लले सुनाए। 

आगामी फेब्रुअरीमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटअघि खेलाडी र बीच विवाद हुँदा विभिन्न किसिमका अड्कल भइरहेको थियो। 

तर, क्यान र आफूहरूबीच विवाद नभई यो असन्तुष्टि रहेको बताए।

मल्लले भने, ‘विवाद समाप्त भएर हामी सबै यही ठाउँमा छौँ। यो विवादभन्दा पनि असन्तुष्टि हो। तर यसलाई विवाद जस्तो बनाइयो।  एक/दुई कुरामा खेलाडीहरूको असन्तुष्टि थियो। त्यसलाई स्पष्ट पार्नुपर्ने हो। हाम्रो लक्ष्य विश्वकप खेल्ने भएकाले अहिले खेलमा ध्यान दिनुपर्छ।’

क्यान र आफूहरुको बीचको विवाद वर्गीकरणबाट नै सुरु भएको मल्लले सुनाए। ‘वर्गीकरण सुरु हुँदा हामी चाहन्थ्यौँ  बसेर कुरा गरौँ भन्ने यसअघि पनि टि २० मा भएको थियो। तर, बीचमा यता उता भएर कुरा मिडियासम्म पुग्यो र केही कुरा बाहिर गयो। हामी चाहन्थ्यौँ सबै जना बसेर समाधान गरौँ’, उनले भने।

वर्गीकरणको कुरा ढिला भइसकेको थियो। हामीलाई पनि मापदण्डको जानकारी थिएन। त्यसैले यसपटक सबैलाई समावेश गरौँ २०२२ मा मापदण्डको आधारमा क्यानले जसरी निर्धारण गर्छ, त्यसरी जाऔँ भन्ने कुरा थियो तर विभिन्न कारणवश त्यो हुन सकेन।  तर पनि हामी बाहिरभन्दा पनि भित्रै बसेर सल्टाउन खोजेका थियौँ। 

हाम्रो अगाडि महत्वपूर्ण प्रतियोगिता आइरहेको छ। त्यसैले आफ्नो इगो बाहिर राखेर नेपाल क्रिकेट र भविष्यका लागि सबै एक ठाउँमा बस्नुपर्छ र हामीले नै क्रिकेट अघि बढाउनुपर्छ भन्ने कुरा मुख्य हो। हिजो जे जे भयो भयो अबको दिनमा हाम्रो लक्ष्य अघि बढ्ने नै हो। 

खेलाडी र क्यानबीचको विवादमा पुर्वकप्तान मल्लले थपे, पहिले नै सबै जना बसेर यही कुरा राखेको भए यो ईस्यु हुन्थ्यो जस्तो लाग्दैन।

तर, पनि जे हुन्छ राम्रोको लागि हुन्छ यसले खेलाडी र बोर्डमा पनि अझै राम्रो समन्वय भए जस्तो लाग्छ। बीचमा केही कम्युनिकेशन ग्याप धेरै भएजस्तो लाग्छ।

बोर्ड र खेलाडी बीचको असमझदारीलाई यसरी नै पहिले नै छलफल भएको भए यस्तो कुरा हुँदैन थियाे। 

के थियाे  असतुष्ट खेलाडीको माग?
खेलाडीहरुले क्यानसामु आफूहरुले पहिलेबाट पाउँदै आएको भत्तामा एउटा न्यूनतम मापदण्ड रहेको र पछिल्लाो समय त्यो भन्दा कम भत्ता पाएकोमा कुरा राखेका छन्।

खेलाडीको वर्गीकरण गर्दा आफूहरुलाई जानकारी नगराएको र खेलाडीलाई व्यक्तिगत रुपमा वर्गीकरणको पत्र किन नदिएको? भन्ने कुरा उठाएका छन्। खेलाडीको बिमा, रिह्याबको कुरा हो, कति खेलाडीले पूरा रिह्याब पनि पाएको थिएन। त्यो विषयमा पनि खेलाडीहरुले क्यानसामु कुरा राखेका छन्। 

यस्तै त्रिकोणात्मक सिरिजमा नेपाली क्रिकेट टोली हामी विजयी भए पनि सरकारले बे वास्ता नगरेको मल्लले बताए। 

आफूहरुमाथिको कारबाही फिर्ता गर्दै खेलाडीले राखेको मागमा क्यानले सुनुवाई गर्ने बताएको छ। क्यानले सन् २०२२ देखि खेलाडीको सेवा सुविधा बढाउने बताएको छ। 

आफूहरुको माग अहिलेको भन्दा पनि दीर्घकालीन भएको र आफूहरुको अहिलेको असन्तुष्टि ग्रेडिङ र तलबको मात्र नभएको मल्लले बताए।

ओमान सिरिजबाट ३ खेलाडी छुट्यो भन्ने कुरा थियो त्यसमा उनीहरुलाई सेवा सुविधा दिने प्रतिबद्धता क्यानले गरेको र बोर्ड बैठकबाट पास गर्ने प्रतिबद्धता जनाएको मल्लले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .