ad ad

खेल


ज्ञानेन्द्र मल्लपछि सोमपाल र करण पनि पुगे होटल

ज्ञानेन्द्र मल्लपछि सोमपाल र करण पनि पुगे होटल

फाइल फाेटाे


नेपालखबर
पुस १९, २०७८ सोमबार १९:३९, काठमाडौँ

राष्टिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी र करण केसी बन्द प्रशिक्षणका लागि होटलमा पुगेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका ४ खेलाडीबीच आइतबार सहमति भएपछि सोमबारबाट सबै खेलाडी प्रशिक्षणका लागि होटल पुगिसकेका छन्। 

टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि बन्द प्रशिक्षणमा सहभागी हुन आज साँझ होटल पुगेका थिए। 

सोमबारबाट प्रशिक्षण सुरु हुने बताएपनि पहिलो दिन १४ खेलाडी प्रशिक्षणमा सहभागी भएका थिए। 

सन् २०२२ मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि  आगामी फेब्रुअरीमा ओमानमा ग्लोबल छनोट प्रतियोगिता हुँदै छ। त्यसकै तयारीका लागि बन्द प्रशिक्षण बोलाइएको हो। पहिलो चरणमा ३० खेलाडीलाई डाकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .