ad ad

खेल


कारबाही फुकुवापछि ज्ञानेन्द्र मल्ल पुगे होटल

कारबाही फुकुवापछि ज्ञानेन्द्र मल्ल पुगे होटल

नेपालखबर
पुस १९, २०७८ सोमबार १७:५४, काठमाडौँ

राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल बन्द प्रशिक्षणमा सहभागी हुन होटल पुगेका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका ४ खेलाडीबीच आइतबार सहमति भएपछि सोमबारबाट सबै खेलाडी प्रशिक्षणका लागि होटल पुगिसकेका छन्। 

अहिलेसम्म सोमपाल कामी र करण केसी बाहेक सबै खेलाडी होटल पुगिसकेको राष्ट्रिय टोलीका टिम म्यानेजर सुमनराज कार्कीले जानकारी दिए। सोमपाल र करण आजै साँझ होटल पुग्नेछन्।  

सोमबारबाट प्रशिक्षण सुरु हुने बताएपनि पहिलो दिन १४ खेलाडी प्रशिक्षणमा सहभागी भएका थिए। 

पहिलो दिन शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सर्राफ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो गरी १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका थिए। 

उनीहरुको आज त्रिवि क्रिकेट मैदानमा फिटनेस ट्रेनिङ गरेका थिए।

सन् २०२२ मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि  आगामी फेब्रुअरीमा  ओमानमा ग्लोबल छनोट प्रतियोगिता हुँदै छ। त्यसकै तयारीका लागि बन्द प्रशिक्षण बोलाइएको हो। पहिलो चरणमा ३० खेलाडीलाई डाकिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .