ad ad

खेल


एएफसी फुटसल एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा बोलाइए ३२ खेलाडी

एएफसी फुटसल एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा बोलाइए ३२ खेलाडी

नेपालखबर
पुस १९, २०७८ सोमबार १७:३१, काठमाडौँ

एएफसी फुटसल एसियन कप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। 

राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार टोलीलाई प्रशिक्षणमा डाकेका हुन्। 

सेप्टेम्बर १८ देखि अक्टोबर ८ सम्म पोखरामा भएको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक बस्नेतले टोली घोषणा गरेका हुन्। त्योबाहेक प्रदेश छनोट पार गरेका केही खेलाडी पनि बन्द प्रशिक्षणमा समेटिएका छन्। 

काठमाडौंमा सुरुवाती छनोट चरण पूरा गरेपछि पोखरामा प्रशिक्षण थाल्नेछ। काठमाडौंमा शुक्रबार बन्द प्रशिक्षण सुरु हुँदै छ। 

एएफसी फुटसल एसियन कप छनोट अपिल ५ देखि १५ सम्म किर्गिस्तानमा हुनेछ। प्रतियोगिताका लागि छनोट बिहीबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

बन्द प्रशिक्षणमा बोलाइएका ३२ खेलाडी 
गोलरक्षकः
आनिस श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमित कुमार आले 
फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विक्कु तामाङ, सरोज तामाङ
पिभोटः अविनास तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ। 
अला: आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरण चौधरी, कृजल खड्का, मणी कुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .